काठमाडौँ, असोज १४ गते । जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको पुरुषतर्फको दौडमा नेपाली धावकले नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा मुकेशबहादुर पालले १४ मिनेट ०३ दशमलव ६१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान रहेको थियो । भण्डारीले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४ दशमलव ८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

जापानमा जारी एसियाली प्रतियोगितामा सहभागी १८ धावकमध्ये पालले नवौँ स्थान हासिल गर्नुभएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।