काठमाडौँ, असोज ९ गते । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त विजयी लक्ष्य नेपालले १७ दशमलव २ ओभरमा पाँच विकेट गुमाउदै पूरा ग¥यो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । त्यसैगरी रोहितकुमार पौडेलले अविजित ३३, दिपेन्द्रसिह ऐरीले १५ तथा कुशल मल्ले ९ रन जोडे ।
बलिङतर्फ अफगानिस्तानका लागि फरिदुन दाउदजाई, अबदुल्लाह अहमदजाई र अरब गुलले समान एक एक विकेट लिए ।
त्यसअघि ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको योगफल बनायो । अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० रन बनाए । त्यस्तै नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खानले अविजित १७ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालले शनिबार जापानसँग खेल्नेछ । नेपालको समूहमा अफगनिस्तान र जापान रहेका छन् । यस्तै समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् ।




