काठमाडौँ, भदौ ३१ गते । मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बुधबार बिहान १:५१ र ४:२८ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युड र ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि गत २६ गते शुक्रबार जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।




