काठमाडौँ, भदौ १६ गते । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.डा अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले आज मङ्गलबार शिक्षाध्यक्षमा सिंह र रजिस्ट्रारमा शिवाकोटीलाई नियुक्त गर्नुभएको हो ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार नवनियुक्त शिक्षाध्यक्ष सिंह र रजिस्ट्रार शिवाकोटीले आज दिउँसो ३ बजे शपथ लिनुहुने छ । उहाँहरुलाई आजै दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा नियुक्तिपत्रका लागि बोलाइएको बताइएको छ ।
सरकारले गत वैशाखामा अध्यादेशमार्फत त्रिविका पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो । गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रारको नियुक्ति हुन सकेको थिएन ।

त्रिविको निमित्त रजिस्ट्रारमा प्रा.डा. महानन्द चालिसे र रेक्टरमा प्रा.डा. शङ्कर खनाल हुनुहुन्थ्यो ।