झापा, भदौ १४ गते । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभावी आर्थिक तथा राहत सामग्री सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालय झापाले सबैमा आग्रह गरेको छ । जिल्लामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले बाढीपीडितका नाममा राहत सङ्कलन गर्न थालेपछि प्रशासनले आज सूचना जारी गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।

बाढीपीडितका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खाता नम्बर यकिन गरेर मात्र रकम जम्मा गर्न प्रशासनले आग्रह गरेको छ । राहत तथा सहयोगका नाममा हुन सक्ने अनधिकृत सङ्कलन र दुरुपयोग रोक्न प्रशासनले यस्तो सूचना जारी गरेको जनाएको छ ।