मकवानपुर, भदौ ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आज मङ्गलबार बसेको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको हो ।

कुल ११० सदस्य सङ्ख्या रहेको बागमती प्रदेशसभामा हाल १०४ जनामात्र सांसद्मात्रै हुनुहुन्छ । मुख्यमन्त्रीलाई बहुमतका लागि ५३ मत भए पुग्नेमा सत्तारुढ दल एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ जना सांसदहरुले विश्वासको पक्षमा मतदान गर्नुभएको थियो । मुख्यमन्त्री थापा मगरको पक्षमा बैठकमा उपस्थित सबै ५७ जना सांसदहरुको मत परेको थियो । राप्रपाका ७, नेकपाका २६ र एमालेका २६ मध्ये २५ जना सांसदहरुले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिनुभएको हो ।एमालेका २६ जना सांसदमध्ये अप्सरा चापागाईं कार्यवाहक सभामुख भएकाले उहाँले आफ्नो मत जाहेर गर्नुभएन ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका ३६, सहित नेपाल मजदुर किसान पार्टी तीन र हाम्रो नेपाल पार्टीका २ सांसदले आजको बैठक बहिस्कार गर्नुभएको थियो भने सत्तासाझेदार दल राप्रपाका ५ जना सांसदभने बैठकमा अनुपस्थित हुनुभएको थियो ।