मधेस प्रदेशका सभामुख रामआशिष यादव

जनकपुरधाम, साउन २६ गते । मधेस प्रदेशका सभामुख रामआशिष यादवले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि राज्य, नागरिक समाज र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषद्वारा आयोजित ३४ औँ प्रकाश स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा सभामुख यादवले मानव अधिकारको रक्षाका लागि समाजका सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो । 

संस्थागत प्रयासले मानव अधिकारकर्मीलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले यसले मानव अधिकार उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न प्रेरणा मिल्ने बताउनुभयो । 

कार्यक्रममा सभामुख यादवले यस वर्षको वैद्य–प्रकाश मानवअधिकार पुरस्कार–२०८३ मानवअधिकारकर्मी राजु पासवानलाई प्रदान गर्नुभयो । पासवानलाई रु ११ हजार ५०० नगद, सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभयो ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१ क्चनदाहा निवासी ४८ वर्षीय पासवान अनौपचारिक सेवा केन्द्र ९इन्सेक० मधेस प्रदेशका संयोजक हुनुहुन्छ । 

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषका संस्थापक एवं अध्यक्ष वैद्यनाथ झा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)बाट प्राप्त रु ५० हजारको प्रकाश मानव अधिकार पुरस्कारबाट वैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष स्थापना गरिएको हो । 

सो पुरस्कार २०६७ सालदेखि प्रत्येक वर्ष मानव अधिकार, नागरिक आन्दोलन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको छ । 

सो अवसरमा सातौँ उर्मिला देवी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार–२०८३ बाट शीमला देवी झा सम्मानित हुनुभयो । झालाई नगद रु दुई हजार ५००, प्रमाणपत्र र दोसल्ला प्रदानसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।