झापा, साउन १५ गते । बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १:३५ बजे घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी गाउँपालिका–३ का ५० वर्षीय प्रेमबहादुर पौडेल सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–०१९प २६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि निजको उपचारकै क्रममा राति करिब ८:३० बजे बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ चकचकीका ३० वर्षीय कुन्दन गणेश पनि घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । उहाँको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।