कर्णाली, साउन १२ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेकपा (एमाले)को समर्थनमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले मुख्यमन्त्री पदमा आज अपरान्ह ५:०० बजे दाबी पेस गर्नुभएको थियो । दाबी पेसपछि प्रदेश प्रमुख जोशीले नेता शाहीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच यही साउन ९ गते सत्ता समीकरणका लागि सहमति भएको थियो ।