कर्णाली, असार ३१ गते । नेपाली काङ्ग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले आज राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संयुक्त रुपमा त्यागपत्र दिनुभएको नेपाली काङ्ग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभएको हो ।
दुई/दुई वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको सहमतिअनुसार उहाँहरुले आज संयुक्त राजीनामा दिनुभएको हो ।




