काठमाडौँ, असार ३१ गते । अमेरिकामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले बाजि मारेको छ । विश्वकप २०२२ को उपविजेता फ्रान्सलाई २-० गोलको पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको हो ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनका लागि मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गर्दै जारी विश्वकपको फाइनलमा पुर्याएका हुन्। खेलको पहिलो गोल मिकेल ओयार्जाबालले २२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । फ्रान्सका लुकास डिग्नेले स्पेनिस युवा खेलाडी लामिन यमालविरुद्ध डी बक्सभित्र ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो । सो पेनाल्टीलाई सदुपयोग गर्दै स्पेनका लागि ओयार्जाबालले गोल गर्दै अग्रता दिलाए ।
त्यसपछि खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि २–० को जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो ।
अर्को सेमिफाइनल खेल भोलि साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । भोलि हुने दोस्रो सेमिफाइनलको विजेता टिमले फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्ने छ ।




