काठमाडौं, असार २८ गते । फिफा विश्वकप २०२६ अन्तगर्त आज साविक विश्वकप विजेता अर्जेन्टिना र स्वीजरल्याण्डबीच अन्तिम क्वाटरफाइलन खेल हुँदैछ । नेपाली समय अनुसार आज आइतबार बिहान अर्जेन्टिना र स्वीजरल्याण्डबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

यस अघि सेमिफाइन साविक उपविजेता फ्रान्सका साथै स्पेन र इङ्ग्ल्याण्ड प्रवेश गरिसकेका छन् । अब अर्जेन्टिना र स्वीजरल्याण्डबीच हुने खेलको विजेता टिम सेमिफाइनलमा प्रवेश गर्ने छ । फाइनल प्रवेशको लागि फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुनेछ भने अर्जेन्टिना र स्वीजरल्याण्डबीच हुने खेलको विजेताले इङ्ग्ल्याण्डको सामना गर्नेछ ।