काठमाडौं, असार २८ गते । फिफा विश्वकप २०२६ अन्तगर्त आजभएको नर्वेलाई पराजित गर्दै इङ्ग्ल्याण्ड सेमिफाइनमा प्रवेश गरेको छ । आज आइतबार बिहान अमेरिकाको मियामीमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा इङ्ग्ल्याण्डले नर्वेलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मियामी स्टेडियममा जारी खेलको ९३औं मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डको जितलाई निश्चित गराए । निकै प्रतिस्पर्धात्मक खेलमा दुवैतर्फबाट गोलका अवसरहरु सिर्जना भएता पनि गोल हुन सकेन । ९० मिनेटसम्म खेल १(१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको सुरुवाती खेलको ४५ सेकेण्डमै इङ्ग्ल्याण्डका लागि बेलिंघमले गरेको दोस्रो गोल नै विजयका लागि पर्याप्त भयो ।
अतिरिक्त समयको एक मिनेट नवित्दै मोर्गन रोजर्सले प्रहार गरेको बललाई नर्वेका गोलकिपरले पूर्ण रुपमा नियन्त्रणमा लिन नसक्दा त्यसको फाइदा बेलिंघमले उठाए । त्यसअघि उनै बेलिंघमले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इङ्ग्ल्याण्डलाई बराबरीमा फर्काएका थिए । खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।




