काठमाडौं, असार २६ गते । अमेरिकामा जारी फिफा विश्वकपको क्वालिफाइनलमा बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक मध्यान्तर अघिको खेलको ३० औँ मिनेटमा १-० गोलको अग्रता बनाएको स्पेनले मध्यापछि विपक्षी बेल्जियम टिमले गोलगर्दै खेल बराबरीमा पुगेको थियो निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दे स्पेनलाई सेमिफाइनलमा पुर्याए ।
त्यसअघि यसअघि खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, त्यसको मध्यान्तरको सङ्घारमा पुग्न लागेको खेलको ४१ औँ मिनेट बेल्जियमका लागि चार्ल्स डे केटलेरले हेडरमार्फत् गोल गर्दै खेल स्पेनको अग्रतालाई चुनौती दिंदै बराबरीमा फर्काए । प्रतिस्पर्धातम खेलको उत्तरार्धको ८८ औँ मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन् । जसको फाइदा उठाउँदै मिकेल मेरिनोले स्पेनलाई अग्रता दिलाए। बेल्जियमलाई २-१ गोलले पछिपार्दै स्पेन सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको स्पेनले अब सेमिफाइनलमा कतार संस्करणको उपविजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।
सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ को संस्करणमा अन्तिम १६ बाट बाहिरिएको थियो ।




