साइपान, असार २० गते । गुआम र उत्तरी मारियानासहुदै अमेरिकी प्रशान्त क्षेत्रहरूलाई खतरामा पार्ने दोस्रो “सुपर टाइफुन“ बावी नाम दिएको आँधी शनिबार अमेरिकी प्रशान्त क्षेत्रमा प्रवेश गरेको जनाइएको छ ।
द्वीपसमूहको सयौं किलोमिटर पूर्वमा २५९ किलोमिटर प्रति घण्टा र ३१४ किलोमिटर प्रति घण्टा को दरमा आएको साथ संयुक्त टाइफुन बावीको चेतावनी जारी गरिएको छ । “हालको पूर्वानुमानले मारियानासका लागि गम्भीर परिदृश्यको सङ्केत जारी गरेको अमेरिकी राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ ।
टापुका लगभग दुई लाख बासिन्दाहरू ग्यास खाना, पानी र अन्य अत्यावश्यक वस्तुहरू किन्नका लागि सुपरमार्केटहरूमा जम्मा भएको एएफपीले जनाएयको छ ।
शनिबार संयुक्त राज्य अमेरिकी स्वतन्त्रताको २५० औँ बर्ष मनाउने योजनाहरू गुआम र उत्तरी मारियानासमा बावीका कारण आपतकालिन अवस्था घोषणा गरेसँगै प्रभावित भएको जनाइएको छ ।
उत्तरी मारियानास टापुमा लगभग ४० हजार मानिसहरूको बसोबास गर्छन भने गुआममा –एक लाख ७० हजार मानिसहरुको बसोबास रहेको छ ।
अप्रिलको मध्यमा आएको सिन्लाकु आँधीले दशौँ हजार मानिसहरूको बिजुली सेवा प्रभावित बनाएको, रुखहरू ढलेको कारहरू पल्टिएको र भवनहरू क्षेतिग्रस्त भएको जनाइएको छ ।
एउटा मालवाहक जहाज, एमभी मारियाना, इन्जिनमा समस्याका कारण दुर्घटनाहुँदा मृत्युवरण गरेका चालक दलका एक जना सदस्यको शव बरामद भएको र अन्य पाँचजना बेपत्ता भएको जनाइएको छ ।
बावीको आगमन अघि नै विपद् टोली र आपूर्तिहरू तैनाथ गरिएको जनाउदै अमेरिकी रेड क्रसले केही स्थानीयहरू अझै पनि अस्थायी आश्रयमा रहेको चेतावनी दिएको छ ।
अस्थाई आवासमा बसिरहेकाहरुले बिजुली पानी लगायतका आधरभुत आवाश्यकताको कमी रहेको र सहायताका लागि आवेदन प्रक्रियाले धेरै लामो भएको बताएका छन् भने टापुमा थप मनोचिकित्सक र आर्थिक सहयोगको माग गरेका छन् ।
विश्व मौसम विज्ञान सङ्गठनले एल निनो, सामान्यतया प्रत्येक दुई देखि सात वर्षमा देखा परी नौ देखि १२ महिना सम्म रहने जनाउर्दै, उष्णकटिबंधीय प्रशान्तमा सुरु भइसकेको र यो बलियो हुने सम्भावना रहेको चेतावनी दिएको छ ।
प्राकृतिक जलवायु घटनाले मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रमलाई बढाउँछ, जसले हावा, दबाब र वर्षाको प्रकृतिमा विश्वव्यापी परिवर्तन ल्याउँछ ।




