बेल्जियम र इजिप्टकोबीच प्रतिस्पर्धात्मक खेल ।
काठमाडौँ, असार २ गते । अमेरिकामा जारी विश्वकप फुटबल प्रतियोगिताको समुह चरणका खेलहरु मध्ये केहीबेर अघि सम्पन्न खेलमा बेल्जियम र इजिप्टले खेल्दै अङ्क बाँडेका छन् । नेपाली समयअनुसार आज मङ्गबार बिहान भएको अमेरिकाको सिएटल रङ्गशालामा भएको खेलमा दुवै देशका टिमले १-१ गोलको बराबरी गर्दै अङ्क बाँडेका हुन् ।
समूह चरण अन्तर्गतको समूह ‘जी’ पहिलो खेलमा बेल्जियम र इजिप्टबीच प्रतिस्पर्धात्मक खेल भएको थियो । मध्यान्तर अघिको खेलको २० औँ मिनेटमा इजिप्टका इमाम असरले बेल्जियमबिरुद्ध गोल गर्दै अग्रता बनाए । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले आक्रामक खेल खेलेता पनि दुवै टिमबाट गोलका अवसरलाई सदुपयोग गर्न सकेनन् ।
मध्यान्तर पछि बेल्जियमले खेलको लयसमाउँदै विपक्षी टोलीको पोष्टमा पटक पटक आक्रमण गरेको थियो । खेलको ६६ औँ मिनेट बेल्जियमको प्रहार रोक्ने प्रयासम इजिप्टका रक्षापङ्तीका खेलाडी मोहम्मद हानीको खेट्टामा बल लागि उक्त बलले इजिप्टकै पोष्टको जालि चुम्न पुग्यो र बेल्जियमले उपहार गोल पाउँदा जितको सङ्घारमा पुगेको इजिप्ट विजयविमुख बन्दै अन्ततः अङ्कबाँड बाध्य भयो ।
समूह ‘जी’ को दोस्रो खेलमा यी दुवै टिममध्ये बेल्जियमले असार ८ गते इरानको सामना गर्ने छ भने इजिप्टले न्युजिल्याण्डसँग प्रतिस्र्धा गर्नेछन् ।
विश्वकपको दावेदार स्पेन र नवप्रवेशी टिम केपभडेँसँग गोलरहित बराबरी रोकियो
आयोजक राष्ट्र मेक्सिकोमा असार १ गते नेपाली समयअनुसार राति ९:४५ बजे राति भएको समूह ‘एच’ को पहिलो खेलमा विश्वकपको दावेदार मानिएको स्पेनले नवप्रवेशी टिम केपभडेँसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।
सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक/एक अङ्क जोडेका छन् ।

नवप्रवेशी टिम केपभडेँका ४० वर्षीय गोलकिपर
दुबै टिमले आफ्नो दोस्रो खेलमा स्पेनले असार ७ गते साउदी अरेविया र केपभडेँले असार ८ गते उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछन् ।
समूह ‘एच’अन्तर्गत आजै साउदी अरेबिया र उरुग्वेवीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ ।





