काठमाडौँ, जेठ १४ गते । काठमाडौँमा जारी काभा महिला अन्तरराष्ट्रिय भलिबल प्रतियोगिता अन्तगर्त आज सेमिफाइनलको खेल हुँदैछ । आज आयोजक राष्ट्रको घरेलु टिम नेपालले फाइलन प्रवेशका लागि आज अपरान्ह ५:०० बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ ।


समूह ‘ए’ को उपविजेता बनेको नेपालले समूह ‘बी’ को विजेता इरानसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को उपविजेता काजकिस्तानबीच फाइलन प्रवेशको लागि भिडन्त हुनेछ ।


नेपालले उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पराजित भएता पनि माल्दिभ्स र कीर्गिस्तानलाई सोझो सेटमा हराएर सेमिफाइनलको यात्रा पक्का गरेको हो । अब नेपालले फाइनलमा प्रवेश गर्नका लागि आजको खेलमा बलियो टिम इरानलाई हराउनु पर्नेछ ।
यता भारतले भने नेपाल, माल्दिभ्स र कीर्गिस्तानलाई पाखा पराजित गर्दै सतप्रतिशन नतिजाका साथ सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले समूह ‘बी’ को उपविजेतासँग फाइलन प्रवेशका लागि कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।


आज हुने सेमिफाइलनका विजेता दुई टिमवटा टिम फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । यस प्रतियोगिताको फाइनल खेल १५ गते त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ ।


नेपाल भलिबल सङ्घको आयोजनामा जेठ ८ गतेदेखि सुरुभएको यस प्रतियोगिता आयोजक राष्ट्र नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, इरान, कजाकिस्तान र ताजकिस्तान गरी आठ वटा देशको सहभागिता रहेको छ । जारी प्रतियोगितामा करिव दुई करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।