हुम्ला, वैशाख २० गते । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको छ । वडा सदस्य रोकायालाई घरमा लुकाएर राखेको भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

वडा सदस्य रोकायालाई शनिबार बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो । वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली १२ थान र बारुद ११० ग्राम लुकाइछिपाइ राखेको अवस्थमा फेला पारेको उहाँले बताउनुभयो ।

वडा सदस्य रोकायाबारे जिल्ला प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।