काठमाडौँ, वैशाख १२ गते । काठमाडौँमा जार आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले युएई पराजित गरेको छ । जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले आज शनिबार भएको खेलमा युएईमाथि ३७ रनको जित निकालेको हो ।

र्कीतिपुरस्थित त्रिवि अन्तरराष्ट्र्यि क्रिकेट मैदानमा आज भएको खेलमा पहिले ब्याटिङ् गरेको नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको थियो । सो लक्ष्यलाई पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटिन पुग्दा नेपालसँग पराजय भोग्न पुग्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा २०० रनमा समेटिएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ९० बलमा ७५ रन बनाएका थिए । ओपनर कुशल भुर्तेल २४, आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५ र करण केसी २२ रनमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।

बलिङतर्फ नेपालका करण केसीले ४, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिन सफल भएका थिए ।

आजको खेलमा युएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए भने आर्यंश शर्मा १८, अदीब उसमानी १, मोहम्मद शाहदाद २, अक्षदीप नाथ ३०, कप्तान मोहम्मद वासिम ३४, खुजाइम तनविर १, अजय कुमार २ र निलाङश केश्वानी १८ रनमा आउट भए । जुनेक सिद्दिकी ७ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल २४, आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५ र करण केसी २२ रनमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।

बलिङमा यूएईका अजय कुमार र जुनेक सिद्दिकीले समान ३–३ विकेट लिए । खुर्जा तनविरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एकएक विकेट लिए । अब नेपालले दोस्रो खेल बुधबार ओमनसँग खेल्नेछ ।