सुनसरी, चैत २० गते । इनरुवाको इतिहास समेटिएको ‘इनरुवाको नालीबेली’ पुस्तक विमोचन गरिएको छ ।
इनरुवा–२ स्थित सत्यनारायण मन्दिरमा यहाँ आयोजित एक कार्यक्रममा नगरप्रमुख केदार भण्डारीसहितको सहभागितामा पुस्तकको विमोचन गरिएकोे पुस्तकका सहयोगी लेखक प्रज्वल काफ्लेले जानकारी दिनुभयो । लेखक देवीप्रसाद खतिवडाद्वारा लिखित उक्त पुस्तकमा इनरुवाको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, शिक्षा तथा स्वास्थ्यलगायत विभिन्न क्षेत्रको इतिहास समेटिएको छ ।
इनरुवाका ९२ वर्षीय लेखक खतिवडाले लामो समयको अध्ययन र अनुसन्धानपछि पुस्तक तयार परिएको बताउनुभयो । उहाँले जेनजी युवा प्रज्वल काफ्लेले पुस्तक लेखन तथा सामग्री सङ्कलनको कार्यमा सहयोग पु¥याएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
इनरुवाको इतिहास, विकासक्रम तथा विभिन्न सामाजिक गतिविधिका साथै यहाँको झोडा फडानीदेखि हालसम्मको अवस्था पुस्तकमा समावेश गरिएको लेखक खतिवडाले बताउनुभयो ।
इनरुवा नगरपालिकाको सहयोगमा पुस्तक प्रकाशन गरिएको हो ।







