जलेश्वर, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत महोत्तरीको निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गौरी कुमारी निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ४ को आज सम्पन्न मतगणनाअनुसार गौरी कुमारीले ३० हजार १३२ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार सुरेन्द्रकुमार यादवले आठ हजार ७४५ मत ल्याउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार निलम अधिकारीले छ हजार ९४४, नेपाली काङ्ग्रेसका महेन्द्रकुमार रायले छ हजार १९२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।