धनुषा, फागुन २४ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले कूल ४१ हजार ६३७ मत प्राप्त गर्नुभयो ।

नेपाली काङ्ग्रेसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उमाशंकर अरगरियाले १० हजार १५३ मत प्राप्त गर्नुभयो । यसैगरी नेपाल कम्युनिस्ट पार्टीका रामचन्द्र झाले आठ हजार ४०३, जनता समाजवादी पार्टी (जसपा) का पशुपति यादवले तीन हजार ८३० मत प्राप्त गर्नुभयो ।

सप्तरी–२ मा रास्वपाका यादव निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं। २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का रामजी यादव विजयी हुनुभएको छ ।

 मुख्यनिर्वाचन अधिकृत किशोर घिमिरेले दिनुभएको जानकारी अनुसार यादवले २८ हजार ४०४ मत प्राप्त गरी विजय हुनुभएको छ । उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश यादवले १४ हजार २६३ मत प्राप्त गर्नुभयो । त्यस्तै, जनमत पार्टीका सीके राउतले ९ हजार ८८० मत प्राप्त गर्नुभयो ।