सर्लाही, फागुन २३ गते । सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार भण्डारी ३६ हजार ३१० मतान्तर अर्थात् ४४ हजार १८१ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार ८७१ प्राप्त गर्नुभएको छ । 

यहाँ नेकपा (एमाले) का मनोजकुमार देवकोटाले छ हजार १०१, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले पाँच हजार ४९८ र जनता समाजवादी पार्टी ९जसपा० नेपालका रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गर्नुभएको छ । यहाँ ७९ हजार २०७ मत खसेको थियो ।

सर्लाही–२ मा रास्वपाका महतो विजयी
सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महतो ४२ हजार ५१२ मतसहित विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले आठ हजार ५२३ मत प्राप्त गर्नुभएको छ ।

यहाँ, नेपाली कांग्रेसका डा सरोज कुमारले सात हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका राजेन्द्र महतोले पाँच हजार ९९२, नेपाल सङ्घीय समाजवादी पार्टीका रजी अहमद्ले दुई हजार २८३, नेपालका लागि नेपाली पार्टीका कृष्ण यादवले दुई हजार २२७ र नेकपा ९एमाले० का नागेश्वर साहले एक हजार ६६३ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा कुल एक लाख २५ हजार ३११ कूल मतदाता रहेकामा ७७ हजार ७८९ मत खसेका थिए । 

बारा–१ मा रास्वपाका धिताल विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार गणेश धिताल निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत शम्भु बस्नेतका अनुसार सम्पन्न मतगणनामा धितालले ३९ हजार ९९८ मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भु बुढाथोकीले १४ हजार २२३, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाका क्रममा पाँच हजार २९६ मत बदर भएको थियो ।