प्रतिकात्मक तस्वीर
महोत्तरी, फागुन २१ गते । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार कापरमाथि गए राति निर्घात कुटपिट भएको हो ।
जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले स्वतन्त्र उम्मेदवार कापरमाथि निर्घात कुटपिट गर्दा उहाँको छाती, पिठ्यँु तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उहाँको जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आक्रमणमा परेपछि उहाँले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गर्नुभएको र आफूहरुले तत्काल उहाँलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ ।







