काठमाडौँ, फागुन १५ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन हिजो बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा भने आज सामान्य बढोत्तरी भएको छ । आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँलेले बढेको हो । आज चाँदीको मूल्य पाँच हजार ७ सय ४० कायम भएको छ भने हिजो एकतोला चाँदीको मोल रु पाँच हजार ७ सय २५ रुपैयाँ निर्धारण गरिएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।