काठमाडौँ, फागुन १३ गते । मेडिकल व्यावसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गरिएको छ ।


मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएपछि उहाँलाई आज बुधबार थुनामुक्त गरिएको हो ।

प्रसाईंलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।