सुनसरी, फागुन १३ गते । निर्वाचनमा खटिने कर्मचारीका लागि जिल्ला सदरमुकामपनि १६७ मतदानस्थलमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन भइरहेको हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम इनरुवा–५ स्थित सारदा माविमा आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा चार निर्वाचन क्षेत्र रहेको जनाउँदै उहाँले १६७ मतदानस्थलमा खटिने कर्मचारीलाई निर्वाचन सुरक्षा, लाइन व्यवस्थापनलगायत विषयमा तालिम दिन थालिएको बताउनुभयो । तालिम शुक्रबार समापन हुने निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।







