काठमाडौँ, फागुन ११ गते । साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो कारोबार दिन हिजो आइतबार तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३ हजार २ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको हो । हिजो आइतबार सुन तोलाको तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १ सय ७० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलाको ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।