.

काठमाडौँ, फागुन १० गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि भारी अङ्कले वृद्धि भएको छ । आज बजारमा चाँदी प्रतितोला ३ सय ७५ रुपैयाँले बढेर तोलामा ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ सय ७५ रुपैयाँले बढेर तोलाकै ५ हजार ४ सय २५ रुपैयाँ पुगेको हो ।