सुनसरी, फागुन ९ गते । धरानमा सम्पन्न १४औँ धरान १०के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पार्नुभएको छ । धरान १० (टेनके) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गर्नुभएको हो । उहाँहरुलाई नगद रु।६० हजार पुरस्कार प्रदान गरिएको छ ।

पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयोभने महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेण्डमा सो दूरी पार गर्नुभयो । उहाँहरुलाई पुरस्कारस्वरुप नगद रु।४० हजार प्रदान गरिएको छ ।

त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेण्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । उहाँहरुलाई रु।३० हजार प्रदान गरियो ।