काठमाडौँ, फागुन ३ गते । भारतको मुम्बिइमा जारी आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत आज आइतबार भएको खेलले नेपालले वेस्टइन्डिज सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिले ब्याटिङ गरेको नेपालले वेस्टइन्डिज सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै सोमपाल कामीले २६ रन बनाए । लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११/११ रन जोडे ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एकरएक विकेट लिए ।







