काठमाडौँ, फागुन ३ गते । भारतमा जारी टि–२० विश्वकप २०२६ मा नेपालले आज वेस्ट इन्डिज विरुद्ध खेल्दैछ । नेपालले आज आइतबार आफ्नो तेस्रो खेल वेस्ट इन्डिज विरुद्ध ११:१५ बजे खेल्दैछ ।


नेपालले यस अघि खेलेको दुई खेलमा पराजय भोगेकोले आज हुने खेल जित्नै पर्ने दबाबमा रहेको छ । नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ ।

नेपालले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा ३ फागुन मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजसँग भिड्नेछ।

नेपालले सुरुवाती दुई खेलमा पराजित भई बाँकी दुई खेल जित्नुपर्ने दबाबमा छ भने वेस्ट इन्डिजले लगातार दुई जितसहित सुपर ८ मा पुग्ने सम्भावना बनाएको छ।

प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिजलाई धेरै राम्रो टिम भन्दै बाँकी दुई खेल जित्नुपर्ने बताए भने बलर अकिल होसेनले नेपाललाई विश्वकपको अर्को खेलको रूपमा लिने बताएका छन् । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा सवा ११ बजेदेखि सुरु हुनेछ ।

समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने सङ्घारमा छ ।

नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ । नेपाललाई अब दुवै खेल जितेर पनि सुपर ८ मा पुग्ने अवस्था भने छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।