काठमाडौँ, फागुन १ गते । काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायको कला, संस्कृतिको महत्व समेटेटिएका डा शिव रिजालका दुई पुस्तक प्रकाशनमा आएका छन् ।बज्र बुक्सले बजारमा ल्याएको रिजालका ‘पोएटिक्स अफ नेवाः स्पेश (पिपुल, आर्किटेक्चर एन्ड पफमेटिभिटी) र ‘टकिङ स्पेश’ नामक अङ्ग्रेजी भाषामा लेखिएका सो पुस्तक आज यहाँ प्रा डा अभि सुवेदीले सार्वजनिक गर्नुभएको हो । यी पुस्तक दिल्लीस्थित आदर्श इन्टरप्राइजेजले प्रकाशन गरेको हो ।
काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायको परम्परागत कला, संस्कृतिको उद्गम र विकासको मुख्य आधार समुदायमा हुने सार्वजनिकस्थलको ९स्पेस० रहेको सुवेदीले बताउनुभयो । नेवार समुदायले सार्वजनिकस्थलमा सामूहिक रूपमा आफ्ना कला, संस्कृति पस्किँदै आएको संस्कृति आफैँमा रोचक रहेको उहाँले सुनाउनुभयो ।
पुस्तकको समीक्षा गर्दै प्रमोद मिश्रले नेवार समुदायको उपत्यकाभित्र देखिएको संस्कृतिभन्दा पनि लुकेका र गुमनाम भएका थुप्रै अमूल्य संस्कृतिलाई रिजालको पुस्तकमा अध्ययन गर्न पाइने बताउनुभयो ।
त्यसैगरी, बज्र बुक्सका प्रकाशक विदुर डङ्गोलले रिजालका दुई पुस्तकमात्रै पुस्तकका रूपमा नभई नेवार सभ्यताको दस्तावेज रहेको बताउनुभयो । पुस्तक सार्वजनिकपछि लेखक रिजालले आफू साहित्यको विद्यार्थी भएकाले नेवार कला, संस्कृतिमा जहाँ त्यहीँ साहित्य भाव झल्किएको बताउनुभयो ।







