काठमाडौँ, माघ २७ गते । काठमाडौंबाट ओखलढुङ्गाको लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको प्रदेश ३ ०१–००५ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उक्त यात्रुबाहक बस रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा खसेको हो ।
बसमा सवार यात्रुमध्ये छ जनालाई घाइते अवस्थामा फेला पारेकोले उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ भने दुर्घटनाबो थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







