काठमाडौँ, माघ १९ गते । नेपाली बजारमा तीन दिनदेखि पहेँलो धातु सुनको मूल्यमा भारी गिरावट भएको छ । चार दिन अघिसम्म प्रतितोला झण्डै तीन लाख ४० हजार रुपैयाँको हाराहारीमा पुगेको सुनको मूल्य आज सोमबारसम्म आइपुग्दा भारी गिरावट भएको हो ।
गत बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म कायम भएको थियो । हिजो आइतबार प्रतितोला १८ हजार ८ सय रुपैयाँ घटेको सुनको मूल्य आज सोमबार तोलामा पुनः १३ हजार चार सय रुपैयाँ घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
यसैगरी सेतो धातु चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।







