काठमाडौँ, माघ १२ गते । काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिलो ब्याटिङ गरेर २० ओभरमा अल आउट हुँदै १४० रन बनाएको स्कटल्याण्डले नेपाललार्ई १४१ को बलियो लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

आज बिहान सुरु भएको खेलमा नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा भने खासै राम्रोसँग जम्न सकेन । पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्याण्डलाई ७९–६ को अवस्थामा पु¥याएको भएपनि स्कटल्याण्डले आफुलाई पुनरागमन गर्न सफल भएको थियो ।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाउँदा अलिसा लिस्टरले २२ रन बनाइन् । त्यसैगरी सराह ब्राइसले १८ रन र मेगान मेकलले १७ रन बनाउन सफल भइन् ।

यता नेपालका लागि भने मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । त्यसैगरी रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिंदा सीता राना मगर, रिया शर्मा र कविता जोशीले १–१ विकेट लिएका थिए ।

नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबावमा रहेको छ ।