दाङ, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली काङ्ग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ काङ्ग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग÷अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी हुनुभएको हो ।
महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी हुनुभएको हो । उहाँकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गर्नुभयो ।
यसैगरी अन्यतर्फ काङ्ग्रेसका चन्द्रबहादुर केसी पाँच हजार ९७७ मतभारसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वृहस्पति अधिकारीले एक हजार ८३२ मतभार प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाउनुभयो । यस्तै अपाङ्ग÷अल्पसङ्ख्यकतर्फ काङ्ग्रेसका वासुदेव घिमिरे ६ हजार ३२२ मतभारसहित विजयी हुनुभयो भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सर्जन विकले एक हजार ६०१ मतभार पाउनुभयो ।







