काठमाडौँ, माघ ५ गते । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार एकै दिन सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि हिजो आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन हिजो आइतबार तोलामा ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार प्रतितोला ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।