काठमाडौँ, माघ ४ गते । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीले विशेष चुनावी अभियानको प्रारम्भ गरेको छ । काठमाडौँको भृकुटीमण्डमा जनप्रदर्शनसहित राष्ट्रिय सभागृहमा सभामार्फत अभियानको सुरुवात गरिएको हो ।

जनप्रदर्शन र सभामा काठमाडौँ उपत्यकासहित यस प्रदेशका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफूहरु निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्र गतिमा लागेको बताउनुभयो । एमालेको राजधानी विशेष कमिटीले यसअघि कमिटीको घोषणासहित चुनावी अभियार सुरु गरिसकेको छ ।