काठमाडौँ, पुस ३० गते । काठमाडौँ उपत्यकाको तापक्रम घटेको छ । आज बिहान ६ बजेर २७ मिनेटमा ललितपुरको सानेपामा ३ डिग्री सेल्सियस मापन गरिएको तापक्रम पुनः पौने ९ बजे गरिएको मापन अनुसार २ दशमलव ३ डिग्री सेल्सियस मापन भएको हो ।

पुस महिनाको अन्तिम दिन जाडो बढेको छ । उपत्यकाको यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम आज हो । तापक्रम घटेसँगै बढी चिसोको महसुस हुन थालेको छ । पौने ९ बजे काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन भएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार हिजो मङ्गलबार सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।