काठमाडौँ, पुस २१ गते । काठमाडौँसहित देशभरको तापक्रम घटेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस देखिएको हो ।

हिजो आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस र अधिकतम तापक्रम भने १५.३ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । काठमाडौँसहित हाल देशका अन्य स्थानमा पनि तापक्रम घट्दो छ।

हिजो आइतबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् –६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाले जनाएको छ ।