काठमाडौँ, पुस ३ गते । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
आज बिहीबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम मुख्यता सफा रहने जनाइएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बीच रहनेछ ।







