वाग्मती, पुस २ गते । वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४दशमलव ४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८दशमलव ४१ प्रतिशत खर्च भएको छ ।

चालु आव २०८२\८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित भएको थियो । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले २९दशमलव ९० प्रतिशत, प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३दशमलव ६७ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २० दशमलव ४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९दशमलव ०४ प्रतिशत र श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९दशमलव ५५ प्रतिशत बजेट खर्च गरेको छन् । सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १दशमलव ४८ प्रतिशत बजेट खर्च गरेको छ ।