फाइल तस्बिर।

काठमाडौँ, पुस १ गते । नेपाल क्रिकेट संघ (क्यान) ले भारतका हर्शल पाठकलाई नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

क्यानले यसअघि विदेशी प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो, र त्यसबाट पाठकलाई चयन गरिएको छ। नेपालले आगामी १२ जनवरी देखि १ फेब्रुअरी सम्म नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोट प्रतियोगितामा खेल्ने छ।