काठमाडौँ, मङ्सिर २५ गते । आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव परेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसारआज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ भने
आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा आज बिहान ५ः४५ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ ।







