काठमाडौँ, मङ्सिर २४ गते । आज देशभरको मौसम सामान्यतया सफा रहने छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ ।
काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ दशमलव ० डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाडौँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ।







