काठमाडौँ, मङ्सिर १४ गते । देशभर आजको मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ । आज दिउँसो र राती आंशिक बदली हुन सक्ने महाशाखाले जनाएको छ ।







