फाइल तस्वीर
काठमाडौँ, मङ्सिर १२ गते ।
कीर्तिपुरस्थित त्रिवि त्रिकेट रङ्गशालामा काठमाण्डु गोर्खाज र चितवन राइनोबीच जारी खेलमा काठमाण्डुले खराब प्रदर्शन गर्दै लगातार विकेट गुमाएको छ ।

नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार भइरहेको पहिलो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर काठमाण्डुले पहिले ब्याटिङ गरिरहेको छ । यसले पाँच ओभर सकिँदा तीन विकेट गुमाइसकेको छ ।

पाँचौँ ओभरको दोस्रो बलमा बीजी चाल्र्सवर्थ १४ बलमा १३ रन बनाएर आउट भएका छन् भने चितवनका सोहेल तनविरले टोलीका लागि तेस्रो विकेट झार्न सफल भएका छन् ।

यसअघि दोस्रो ओभरमा काठमाण्डुका आकाश त्रिपाठी रन आउट र तेस्रो ओभरमा रसिद खान रवि बोपाराको हातबाट क्याचआउट भएका थिए।

छैठौँ ओभर जारी रहँदा काठमाडौंले २९ रन बनाएर खेलिरहेको छ।