काठमाडौँ, मङ्सिर १२ गते । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । चितवन राइनोजले टस जितेर बलिङ गर्न रोजेसँग गोर्खाज र राइनोजबीचको खेल सुरुभएको हो ।

जारी प्रतियोगितामा अहिलेसम्म राइनोजले तीन खेल खेल्दा दुई जित र एक खेलमा हार व्यहोरेको छ भने गोर्खाजले चार खेलमा दुई जित र दुई हार व्यहोरेको छ । दुवै टोलीको समान चार÷चार अङ्क रहेपनि नेटरनरेटमा राइनोज तेस्रो स्थानमा रहेको छ । आज यी दुवै टिम नतिजा आफ्नो पक्षमा पारेर अङ्क बटुल्न आतुर देखिन्छन् ।

काठमान्डुले आफ्नो अघिल्लो खेलको प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन् भने चितवनले आजको खेलमा अघिल्लो खेलको प्लेइङ ११ मा रहेका अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाललाई मैदानमा उतारेको छ ।