काठमाडौँ, कात्तिक २६ गते । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ लगायत देशका सबै क्षेत्रहरुको विस्तारै चिसो बढ्न थालेको छ ।